राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनमा नेपाली सेनाको कमजोरी औँल्यायो
२०८३ जेठ १३

मानव अधिकार आयोगले जेनजी आन्दोलनमा नेपाली सेनाको सुरक्षा भूमिका कमजोर रहेको भन्दै सुधारका लागि सरकारलाई सिफारिस गरेको छ।
राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा नेपाली सेनाले अपेक्षित भूमिका निर्वाह गर्न नसकेको निष्कर्ष निकालेको छ। आयोगले सिंहदरबार, सर्वोच्च अदालत र शीतलनिवासमा भएको तोडफोड तथा आगजनी रोक्न सेनाले प्रभावकारी सुरक्षा दिन नसकेको जनाएको छ। भविष्यमा राष्ट्रिय सम्पत्ति र नागरिकको मानव अधिकार संरक्षणलाई प्राथमिकता दिन प्रधानसेनापतिलाई निर्देशन दिन सरकारलाई सिफारिस गरिएको छ।
Tags:
#छोटोखबर #जेनजीआन्दोलन #नेपालीसेना #मानवअधिकारआयोग #सिंहदरबार #शीतलनिवास #नेपालसमाचार #मानवअधिकार #सुरक्षा #कारबाही
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


