रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यको शपथ आज
२०८३ असार १७
रास्वपाका महाधिवेशनबाट निर्वाचित ९९ केन्द्रीय सदस्यले आज शपथ ग्रहण गर्दैछन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पहिलो महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूको शपथ ग्रहण आज काठमाडौंको वनस्थलीस्थित पार्टी कार्यालयमा हुँदैछ। महाधिवेशनबाट ९९ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् भने बाँकी ५१ जना सभापति रवि लामिछानेले मनोनयन गर्ने व्यवस्था छ। मनोनयनका लागि केन्द्रीय समितिको बैठक बस्ने जनाइएको छ।
Tags:
#रास्वपा #राष्ट्रियस्वतन्त्रपार्टी #केन्द्रीयसमिति #शपथग्रहण #रविलामिछाने #महाधिवेशन #नेपालीराजनीति #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


