ट्रम्पको घोषणा: इरानबाट चाँडै अमेरिकी सेना फिर्ता हुने
२०८२ चैत्र १८

ट्रम्पले इरानमा सैन्य अभियान अन्त्य गर्दै छिट्टै अमेरिकी सेना फिर्ता गर्ने घोषणा गरेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा जारी सैन्य अभियान चाँडै अन्त्य हुने बताएका छन्। दुईदेखि तीन हप्ताभित्र अमेरिकी सेना फिर्ता हुने उनले जानकारी दिए। इरानको आणविक क्षमता कमजोर पार्ने लक्ष्य पूरा भएको दाबी गर्दै उनले वार्ताको सम्भावना पनि औंल्याए। यद्यपि इरानले अमेरिकी दाबीहरू अस्वीकार गर्दै आएको छ।
Tags:
##छोटोखबर #डोनाल्डट्रम्प #अमेरिका #इरान #सैन्यअभियान #विश्वराजनीति
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्