उम्मेदवारी दर्ताको मिति नसरिने : निर्वाचन आयोग
admin admin
२०८२ माघ ५

मनोयन दर्ता गर्न असहज हुनेलाई आयोगले सहजीकरण गर्ने निर्वाचन आयोगले जनाएको छ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले उम्मेदवारी दर्ताको मिति संशोधन नहुने स्पष्ट पारेका छन्। माघ ६ गते बिहान १० देखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने उनले बताए। तोकिएको तालिका परिवर्तनको समय सकिएको भन्दै आयोगले निर्धारित समयमै निर्वाचन हुने जनाएको छ।
Tags:
#निर्वाचनआयोग #उम्मेदवारीदर्ता #छोटोखबर #निर्वाचन #राजनीति
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

