रवि लामिछानेले वारेसमार्फत चितवन–२ मा उम्मेदवारी
२०८२ माघ ६

लामिछाने वीरगञ्जको काम सकेर चितवन फर्किने तयारी गरेको तर समय अभाव भएकोले वारेसबाट नै दर्ता गरिएको बताइएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वारेसमार्फत चितवन क्षेत्र नं. २ मा उम्मेदवारी दर्ता गरेका छन्। सहकारीसम्बन्धी मुद्दाका कारण वीरगञ्जमा रहेकाले उनी स्वयं उपस्थित हुन सकेनन्। रास्वपा महानगर सभापति सिता ज्ञवालीले वारेसका रूपमा मनोनयन दर्ता गराएकी हुन्। लामिछाने तेस्रोपटक चितवन–२ बाट उम्मेदवार बनेका छन्।
Tags:
#छोटोखबर #रविलामिछाने #रास्वपा #चितवन२ #उम्मेदवारीदर्ता #निर्वाचन
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्



