कांग्रेस विवाद मुद्दा हेर्दाहेर्दैमा
२०८३ बैशाख ३

कांग्रेस आधिकारिकता विवादमा सर्वोच्चले सुनुवाइ नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखेको छ।
नेपाली कांग्रेसको आधिकारिकता विवादसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा हेर्दाहेर्दैमा राखिएको छ। न्यायाधीश शारङ्गा सुवेदी र नृपध्वज निरौलाको इजलासमा निवेदक पक्षको बहस नसकिएपछि सुनुवाइ भोलिका लागि सारिएको हो। आज देउवा पक्षले बहस गर्यो भने शुक्रबार थापा पक्षले गर्नेछ। रिटमा निर्वाचन आयोगको निर्णय बदर गरी नयाँ कार्यसमिति अवैधानिक ठहर गर्न माग गरिएको छ। मुद्दा अन्तिम टुंगो लाग्ने चरणमा पुगेको छ।
Tags:
#नेपालीकांग्रेस #सर्वोच्चअदालत #राजनीति #विवाद #कानून #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


