सशस्त्र प्रहरी स्कुलमा आर्थिक हिनामिनाको आरोप, इन्स्पेक्टरसहित दुई पक्राउ
२०८३ असार २१
सशस्त्र प्रहरी स्कुलको करोडौँ रुपैयाँ हिनामिनाको आरोपमा इन्स्पेक्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ।
कीर्तिपुरस्थित सशस्त्र प्रहरी स्कुलमा आर्थिक हिनामिनाको आरोपमा लेखा प्रमुख तथा इन्स्पेक्टर कल्पना गुरुङ र लिला लामालाई प्रहरीले पक्राउ गरेको छ। सशस्त्र प्रहरी मुख्यालयको पत्रपछि जिल्ला प्रहरी परिसर काठमाडौंले उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो। स्कुलको करोडौँ रुपैयाँ व्यक्तिगत खातामा राखी हिनामिना गरेको आरोपमा उनीहरूमाथि अनुसन्धान भइरहेको छ।
Tags:
#सशस्त्रप्रहरी #आर्थिकहिनामिना #भ्रष्टाचार #काठमाडौं #प्रहरीअनुसन्धान #सशस्त्रप्रहरीस्कुल #अपराधसमाचार #नेपालसमाचार #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

