पूर्व एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
२०८३ असार १३

विद्यालयको करोडौँ रुपैयाँ अपचलन र सम्पत्ति दुरुपयोगको आरोपमा पूर्व एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पालाई प्रहरीले ठगी तथा आपराधिक विश्वासघातको आरोपमा पक्राउ गरेको छ। सीआईबीले बुढानीलकण्ठबाट पक्राउ गरी अनुसन्धान थालेको हो। टुङ्गराम इन्टरनेशनल एकेडेमीको करिब ८ करोड ७८ लाख रुपैयाँ अपचलन, विद्यालयको सम्पत्ति दुरुपयोग तथा आफ्नो कम्पनीलाई अनुचित लाभ पुर्याएको आरोपमा उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Tags:
#कर्माछिरिङशेर्पा #एन्फा #पक्राउ #सीआईबी #ठगी #आपराधिकविश्वासघात #अनुसन्धान #विद्यालयअनियमितता #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

