Choto Khabar Logo

माधव नेपाल सहित पाँच जनाको उम्मेदवारीविरुद्ध उजुरी

२०८२ माघ ७
माधव नेपाल सहित पाँच जनाको उम्मेदवारीविरुद्ध उजुरी
निर्वाचन आयोगका अनुसार बुधबार नेपालविरुद्ध पतञ्जली जग्गा प्रकरणमा अदालतमा मुद्दा विचाराधीन रहेको भन्दै उजुरी परेको हो।
फागुन २१ का लागि प्रतिनिधिसभा निर्वाचनमा रौतहट–१ बाट नेकपा नेता माधव नेपालविरुद्ध उजुरी परेको छ। उनलाई पतञ्जली जग्गा प्रकरणमा विशेष अदालतमा विचाराधीन मुद्दा हुँदा उम्मेदवार हुन अयोग्य भएको दाबी गरिएको छ। कैलाली–१ का रेशमलाल चौधरीसहित पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ।

Tags:

#छोटोखबर #निर्वाचन2026 #माधवनेपाल #उम्मेदवारउजुरी #नेपालसमाचार #राजनीति

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू