Choto Khabar Logo

आइतबार पनि ओपीडी सेवा अनिवार्य गर्न निर्देशन

२०८२ चैत्र २७
आइतबार पनि ओपीडी सेवा अनिवार्य गर्न निर्देशन
बिरामीको चापलाई ध्यान दिँदै सरकारले आइतबार पनि ओपीडी सेवा सञ्चालन अनिवार्य गरेको छ।
स्वास्थ्य मन्त्रालयले अस्पतालहरूलाई आइतबार पनि ओपीडी सेवा अनिवार्य सञ्चालन गर्न निर्देशन दिएको छ। दुई दिन बिदापछि सेवा बन्द हुँदा बिरामी प्रभावित भएपछि यस्तो निर्णय गरिएको हो। अब कर्मचारी व्यवस्थापन गरी सिफ्टमा सेवा दिनुपर्नेछ। आइतबार काम गर्नेलाई अन्य दिन सट्टा बिदा दिने व्यवस्था गर्न भनिएको छ। यो नियम संघीय र प्रादेशिक सबै अस्पतालमा लागू हुनेछ।

Tags:

#छोटोखबर #स्वास्थ्यसमाचार #ओपीडीसेवा #नेपालसरकार #अस्पताल #जनस्वास्थ्य

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू