पहिचान नखुलेका शवको सामूहिक दाहसंस्कार नगर्ने सरकारको निर्णय
२०८३ भाद्र १४

पहिचान नखुलेका शवलाई वैज्ञानिक प्रमाणबाट पहिचान गरी परिवारलाई हस्तान्तरण गर्न सकिने गरी अस्थायी समाधिमा सुरक्षित राखिने भएको छ।
कानूनमन्त्री सोविता गौतमले रसुवा बाढीपछि फेला परेका पहिचान नखुलेका शवको सामूहिक दाहसंस्कार नगरिने बताएकी छन्। भविष्यमा डीएनए तथा वैज्ञानिक प्रमाणबाट पहिचान खुल्न सक्ने भएकाले शवलाई अस्थायी समाधिमा राखिएको उनले जानकारी दिइन्। प्रत्येक शवको छुट्टै पहिचान कोड, फोटो, सामग्री तथा फोरेन्सिक/डीएनए नमुना सुरक्षित राखिएको छ।
Tags:
#छोटोखबर #रसुवाबाढी #बाढीपीडित #शवव्यवस्थापन #डीएनए #फोरेन्सिक #सोवितागौतम #उद्धार #विपद्व्यवस्थापन #नेपाल
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू
बाढीपीडितका लागि कांग्रेसले एक करोड राहत कोषमा दिने
२०८३ भाद्र १४


