रास्वपाका केन्द्रीय सदस्य चयनका लागि आज मतदान, नतिजा पनि आजै सार्वजनिक गर्ने तयारी
२०८३ असार १०

रास्वपाले आज केन्द्रीय सदस्य र पदाधिकारी चयनका लागि मतदान गरी नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ।
रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि आज इलेक्ट्रोनिक भोटिङ मेसिनमार्फत मतदान हुँदैछ। सभापति पदमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन्। करिब चार हजार प्रतिनिधि सहभागी महाधिवेशनमा केन्द्रीय सदस्य चयनपछि पदाधिकारी निर्वाचन पनि आजै सम्पन्न गर्ने तयारी गरिएको छ। प्राविधिक समस्याका कारण महाधिवेशनको कार्यतालिका केही लम्बिएको छ।
Tags:
#छोटोखबर #रास्वपा #महाधिवेशन #मतदान #रविलामिछाने #केन्द्रीयसदस्य #राजनीति #नेपालसमाचार
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


