Choto Khabar Logo

चिनियाँ पुस्तक जलाएको घटनामा छानबिन तीव्र

२०८२ चैत्र ३
चिनियाँ पुस्तक जलाएको घटनामा छानबिन तीव्र
उक्त घटनाको छानबिन तथा कारबाही गर्न काठमाडौंस्थितचीनको दूतावासबाट प्राप्त कूटनीतिक पत्रसहित परराष्ट्र मन्त्रालयले गृह मन्त्रालयलाई पत्राचार गरेको थियो ।
मोरङको मनमोहन टेक्निकल इन्स्टिच्युटमा चिनियाँ राष्ट्रपति सी जिनपिङको ‘द गभर्नेन्स अफ चाइना’ पुस्तक जलाएको घटनाप्रति चीनले चासो देखाएको छ। दूतावासको पत्रपछि गृहमन्त्रालयले छानबिन गरी दोषीमाथि कारबाही गर्न प्रहरीलाई निर्देशन दिएको हो। परराष्ट्र मन्त्रालयमार्फत आएको कूटनीतिक पत्रका आधारमा स्थानीय प्रशासन र प्रहरीलाई अनुसन्धान अघि बढाउन भनिएको छ।

Tags:

#छोटोखबर #नेपालचीन #गृह मन्त्रालय #प्रहरी #छानबिन #समाचार

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू