Choto Khabar Logo

गुट–उपगुट नबनाउन रवि लामिछानेको निर्देशन, स्वतन्त्र रूपमा मतदान गर्न आग्रह

२०८३ असार ९
गुट–उपगुट नबनाउन रवि लामिछानेको निर्देशन, स्वतन्त्र रूपमा मतदान गर्न आग्रह
रवि लामिछानेले रास्वपामा गुट–उपगुटको राजनीति नगर्न र स्वतन्त्र रूपमा योग्य उम्मेदवार चयन गर्न आग्रह गरेका छन्।
रास्वपा सभापति रवि लामिछानेले महाधिवेशन प्रतिनिधिलाई योग्य उम्मेदवारलाई स्वतन्त्र रूपमा मत दिन आग्रह गर्दै कुनै उर्दी जारी नहुने स्पष्ट पारेका छन्। बन्दसत्रलाई सम्बोधन गर्दै उनले पुराना दलजस्तो गुट–उपगुट र शक्ति संघर्षको राजनीतिबाट टाढा रहन निर्देशन दिए। सबै नेता–कार्यकर्ता राष्ट्रहितका लागि एकताबद्ध भएर अघि बढ्नुपर्ने उनको भनाइ छ।

Tags:

#छोटोखबर #रविलामिछाने #रास्वपा #महाधिवेशन #गुटउपगुट #राजनीति #निर्वाचन #नेपालसमाचार

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू