रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज
admin admin
२०८२ फाल्गुण १९

कर्जा सूचना केन्द्र नेपालको विवरणअनुसार किशोरी साह २०८० सालदेखि कमल निर्माण सेवा प्रालिको शेयरधनी रही चेक बाउन्ससम्बन्धी कालोसूचीमा एकल र संयुक्त रूपमा समेत परेका थिए।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज भएको छ। निर्वाचन आयोग नेपालले धनुषा–१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार साहको स्वामित्वमा रहेको निर्माण कम्पनी कालोसूचीमा परेको उजुरीपछि स्पष्टीकरण लिई खारेजीको निर्णय गरेको हो। कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्णय पुष्टि गरेका छन्।
Tags:
#छोटोखबर #निर्वाचन #रास्वपा #उम्मेदवारीखारेज #धनुषा
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

प्रतिनिधिसभा निर्वाचन–२०८२ को मतदान सम्पन्न
२०८२ फाल्गुण २१

कतारका प्रधानमन्त्रीसँग सुशीला कार्कीको टेलिफोन वार्ता
२०८२ फाल्गुण २१

काठमाडौंमा मतदान केन्द्र तयारी अन्तिम चरणमा
२०८२ फाल्गुण २०

सामाजिक सञ्जाल दुरुपयोग गरे कारबाही: निर्वाचन आयोग
२०८२ फाल्गुण १९