इरान युद्धले रुसलाई अप्ठ्यारोमा पारेको पुटिनको स्वीकारोक्ति
२०८३ बैशाख २७

पुटिनले इरान युद्धले रुसलाई कूटनीतिक रूपमा अप्ठ्यारोमा पारेको भन्दै तनाव समाधानका लागि मध्यस्थता गर्न तयार रहेको बताएका छन् ।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले इरान युद्धका कारण रुस कठिन अवस्थामा परेको बताएका छन् । इरान र मध्यपूर्वका अन्य देशसँग राम्रो सम्बन्ध भएकाले मस्कोलाई सन्तुलन कायम गर्न चुनौती भएको उनले बताए । तनाव कम गर्न रुसले मध्यस्थता गर्न सक्ने उल्लेख गर्दै इरानको उच्च प्रशोधित युरेनियम रूसमा राख्ने प्रस्ताव अझै कायम रहेको जानकारी दिए ।
Tags:
#भ्लादिमिरपुटिन #इरानयुद्ध #रुस #मध्यपूर्व #अन्तर्राष्ट्रियराजनीति #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्