राष्ट्रियसभा निर्वाचनमा ९५ प्रतिशतभन्दा बढी मतदान

admin admin
२०८२ माघ ११
राष्ट्रियसभा निर्वाचनमा ९५ प्रतिशतभन्दा बढी मतदान
आज १७ पदका लागि निर्वाचन भएको हो, जसमा मतदाता प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्ष रहेका थिए।
राष्ट्रियसभा सदस्य निर्वाचनमा आइतबार (माघ ११) सातै प्रदेशमा ९५.६८ प्रतिशत मत खसेको छ। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार कोसीमा ३४५, मधेसमा ३४१, वाग्मतीमा ३१८, गण्डकी २२३, लुम्बिनी २८६, कर्णाली ११९ र सुदूरपश्चिम २२६ जनाले मतदान गरेका हुन्। आज १७ पदका लागि प्रदेशसभा सदस्य र स्थानीय तहका पदाधिकारीले मतदान गरेका थिए।

Tags:

#राष्ट्रियसभा #निर्वाचन #मतदान #प्रदेशसभा #लोकतन्त्र #छोटोखबर

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू