लोकतन्त्र र वाम आन्दोलनविरुद्ध षड्यन्त्र भयो : ओली
२०८३ असार १४

केपी शर्मा ओलीले लोकतन्त्र र वाम आन्दोलनविरुद्ध षड्यन्त्र भएको दाबी गर्दै सरकार परिवर्तन संसद्बाट मात्रै हुनुपर्ने बताएका छन्।
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले भदौ २३–२४ मा नेपालको वामपन्थी आन्दोलन र लोकतन्त्रलाई नै लक्षित गरेर षड्यन्त्र भएको दाबी गरेका छन्। मदन भण्डारी फाउन्डेसनको कार्यक्रममा उनले वैधानिक सरकारलाई अवैध रूपमा विस्थापित गरिएको आरोप लगाउँदै सरकार गठन वा परिवर्तन संसद्बाट मात्रै हुनुपर्ने धारणा व्यक्त गरे।
Tags:
#केपीशर्माओली #एमाले #लोकतन्त्र #वामआन्दोलन #मदनभण्डारी #राजनीति #संसद #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


