सर्वोच्चद्वारा इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी प्रयोगमा अन्तरिम रोक
२०८२ माघ २५

सर्वोच्चको आदेशअनुसार देवनागरी लिपी विस्थापित गरी अंग्रेजी मात्र प्रयोग गर्ने निर्णय तत्काल लागू नहुने भएको छ।
सर्वोच्च अदालतले सवारी साधनको इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोग नगर्न अन्तरिम आदेश जारी गरेको छ। अधिवक्ता रामबहादुर राउत मातृदासले दायर गरेको रिटमा सर्वोच्चले आदेश जारी गर्दै देवनागरी विस्थापित नगर्नु पर्ने निर्णय दिएको छ। यसअघि सरकारले नम्बर प्लेटमा नेपालीसहित अंग्रेजी भाषा प्रयोग गर्न कानुन संशोधन गरेको थियो।
Tags:
#छोटोखबर #सर्वोच्चअदालत #इम्बोस्डनम्बरप्लेट #नेपालीभाषा #अन्तरिमआदेश #सवारीसाधन #देवनागरी
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
