रास्वपाले भूपदेव शाहलाई महामन्त्री बनायो, सचिवालय पनि विस्तार
२०८३ बैशाख ७

रास्वपाले भूपदेव शाहलाई महामन्त्री बनाउँदै सचिवालय पनि विस्तार गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भूपदेव शाहलाई महामन्त्री चयन गरेको छ। सोमबार बसेको केन्द्रीय समिति बैठकले उनको नाम सर्वसम्मत पारित गरेको हो। साथै, पार्टीले सचिवालय विस्तार गर्दै सागर ढकाल र सरिता श्री ज्ञवालीलाई समावेश गरेको छ। सभापति रवि लामिछानेको प्रस्ताव बैठकले अनुमोदन गरेको प्रवक्ता मनीष झाले जानकारी दिएका छन्।
Tags:
#छोटोखबर #रास्वपा #भूपदेवशाह #राजनीति #नेपाल #रवि_लामिछाने #केन्द्रीयसमिति #पार्टीनिर्णय #समाचार
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


