प्रतिनिधिसभा बैठक: दुई समिति गठन गर्दै तीन अध्यादेश सर्वसम्मतिद्वारा स्वीकृत
२०८२ चैत्र २३

प्रतिनिधिसभाले दुई समिति गठन गर्दै तीन अध्यादेश सर्वसम्मतिले स्वीकृत गरेको छ।
सभामुख डोलप्रसाद अर्यालको अध्यक्षतामा बसेको प्रतिनिधिसभा बैठकले दुई समिति गठन गरेको छ। २१ सदस्यीय कार्यव्यवस्था परामर्श समिति सभाको सञ्चालन र कार्यसूची निर्धारण गर्नेछ भने १५ सदस्यीय मस्यौदा समिति सभाको नियमावली तयार गर्नेछ। समितिले विशेषज्ञ सहयोग लिन सक्नेछ र कार्यकाल १४ दिनको हुनेछ। बैठकले ‘मतदाता नामावली (पहिलो संशोधन)’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन)’ र ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन)’ अध्यादेश सर्वसम्मतिले स्वीकृत गरेको छ।
Tags:
#छोटोखबर #प्रतिनिधिसभा #समिति #अध्यादेश #राजनीति #नेपाल #कार्यव्यवस्था
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


