राहदानी विभागका महानिर्देशक अर्याललाई ४ दिन थुनामा राख्न अनुमति
२०८३ असार २

राहदानी छपाइमा अनियमितताको आरोपमा महानिर्देशक तिर्थराज अर्याल र निर्देशक सुनील कुमार केसीलाई चार दिन थुनामा राख्न विशेष अदालतले अनुमति दिएको छ।
विशेष अदालतले राहदानी विभागका महानिर्देशक तिर्थराज अर्याल र निर्देशक सुनील कुमार केसीलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुमति दिएको छ। राहदानी छपाइ प्रक्रियामा भ्रष्टाचारजन्य कसुर भएको आशंकामा अख्तियारले म्याद थपका लागि निवेदन दिएको थियो, जसलाई अदालतले स्वीकृत गरेको हो।
Tags:
#छोटोखबर #राहदानीविभाग #तीर्थराजअर्याल #सुनीलकुमारकेसी #अख्तियार #विशेषअदालत #भ्रष्टाचार #राहदानीछपाइ #अनुसन्धान #नेपाल
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
