नेपाली कांग्रेसद्वारा निर्वाचन परिचालनका लागि विशेष रणनीति लागू
२०८२ माघ २०

कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा रहेको केन्द्रीय निर्वाचन परिचालन समितिले केन्द्रीय प्रतिनिधिहरूलाई चुनावसम्म सम्बन्धित जिल्लामा बस्न निर्देशन दिएको छ।
नेपाली कांग्रेसले फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी "जसको जिम्मेवारी जहाँ, उसले खट्ने त्यहाँ" भन्ने विशेष रणनीति लागू गरेको छ। निर्वाचन परिचालन समितिका उपसभापति विश्वप्रकाश शर्मा नेतृत्वमा बनाइएको निर्देशिकामा, अब कांग्रेसका नेताहरूलाई आफ्नो निर्वाचन क्षेत्र बाहेक जान नपाउने व्यवस्था गरिएको छ।
Tags:
#नेपालीकांग्रेस #निर्वाचनरणनीति #विशेषरणनीति #निर्वाचन #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


