प्रतिनिधि सभा निर्वाचन: उम्मेदवारी दर्ताका लागि निर्वाचन आयोगले तोक्यो समय
admin admin
२०८२ माघ ५

उम्मेदवारी दर्ता व्यवस्थित गर्न आयोगले कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाका लागि फरक समय तोकेको छ।
निर्वाचन आयोगले फागुन २१ को प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्न मंगलबार मुख्य पाँच दललाई फरक-फरक समय तोकेको छ। आयोगले तोकेको समय अनुसार रास्वपाका उम्मेदवारले १ बजे, राप्रपाले २ बजे, नेकपा एमालेले साढे २ बजे, नेपाली कम्युनिष्ट पार्टीले ३ बजे र अन्तिममा कांग्रेसले ४ बजे उम्मेदवारी दर्ता गर्नुपर्ने छ।
Tags:
#निर्वाचन #प्रतिनिधिसभा #उम्मेदवारी #राजनीति #दलवारसमय#छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

