Choto Khabar Logo

गगन थापा सर्लाही–४ बाट उम्मेदवार

२०८२ माघ ६
गगन थापा सर्लाही–४ बाट उम्मेदवार
मंगलबार बिहान बसेको कांग्रेस संसदीय बोर्डको बैठकले सभापति थापालाई सर्लाही–४ बाट प्रतिनिधि सभाको उम्मेदवार बनाउने निर्णय गरेको छ।
नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही–४ बाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बन्ने भएका छन्। यसका लागि उनले निर्वाचन क्षेत्र परिवर्तन गरेका हुन्। यसअघि थापा काठमाडौं–४ बाट लगातार तीनपटक निर्वाचित भएका थिए। आसन्न निर्वाचनमा सर्लाही–४ बाट उम्मेदवारी दिएर उनले नयाँ राजनीतिक चुनौती रोजेका छन्।

Tags:

#छोटोखबर #गगनथापा #नेपालीकांग्रेस #सर्लाही४ #निर्वाचन #राजनीति

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू