मन्त्रिपरिषद् बैठक: शिक्षा–स्वास्थ्यमा कर छुट, मिटरब्याजका फर्जी लिखत अवैध
२०८३ श्रावण ६

मन्त्रिपरिषद्ले शिक्षा–स्वास्थ्य कर छुटदेखि मिटरब्याजका फर्जी लिखत अवैध घोषणा र विमानस्थल शुल्क छुटसम्मका सात महत्वपूर्ण निर्णय गरेको छ।
सरकारले शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा हटाउने, मिटरब्याजसँग सम्बन्धित फर्जी लिखत अवैध घोषणा गर्ने तथा पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका अन्तर्राष्ट्रिय उडानमा शुल्क छुट दिने निर्णय गरेको छ। मन्त्रिपरिषद्ले विशेष अदालत र श्रम अदालतका अध्यक्ष तोक्नुका साथै गणेश नेपालीको मृत्यु छानबिनका लागि न्यायिक समिति गठन गर्ने निर्णय पनि गरेको छ।
Tags:
#छोटोखबर #मन्त्रिपरिषद् #शिक्षास्वास्थ्य #करछुट #मिटरब्याज #पोखराविमानस्थल #गौतमबुद्धविमानस्थल #नेपाल
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्



