सांसद अभिषेकप्रताप शाह पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश
२०८३ श्रावण ६

सर्वोच्च अदालतले कांग्रेस सांसद अभिषेकप्रताप शाहविरुद्ध जारी पक्राउ पुर्जी तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ।
सर्वोच्च अदालतले नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप शाहविरुद्ध जारी पक्राउ पुर्जी कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ। न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले कारण देखाऊ आदेश जारी गर्दै विपक्षीलाई छलफलका लागि बोलाएको हो। कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष सीताराम शर्मामाथि कुटपिट गरेको आरोपमा शाहविरुद्ध कपिलवस्तु जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो।
Tags:
#छोटोखबर #सर्वोच्चअदालत #अभिषेकप्रतापशाह #कांग्रेस #पक्राउपुर्जी #कपिलवस्तु #नेपाल
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्



