संविधानलाई सही मार्गमा राख्न चुनाव अनिवार्य छ, मतदान समयमै सम्पन्न गराउन सरकारलाई पूर्ण सहयोग गर्नेछौं: सभापति थापा
२०८२ फाल्गुण १४

थापाले अगामी वर्षहरुमा भदौ जस्तो आन्दोलन नहोस् भन्ने योजना सहित काँग्रेस जनतासामु गएको र अब कुनै पनि प्रकारको आन्दोलन वा विध्वंश हुन नदिने प्रतिज्ञा दोहोराए।
नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले निर्वाचन संविधानलाई सही मार्गमा राख्न अनिवार्य शर्त भएको बताएका छन्। सुर्खेतमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले चुनाव कुनैपनि दलको योजनाअनुसार नभई वर्तमान परिस्थितिको बाध्यता भएको स्पष्ट पारे। उनले संविधानलाई ट्र्याकमा राख्न चुनाव अपरिहार्य भएको र समयमा सम्पन्न गराउन सरकारलाई पूर्ण साथ दिने प्रतिवद्धता व्यक्त समेत गरे। भदौ २३–२४ का घटनाका कारण फागुन २१ को चुनाव आवश्यक भएको दाबी गर्दै अब कुनै आन्दोलन र विध्वंश नहुने सुनिश्चितता दिए।
Tags:
#छोटोखबर #निर्वाचन२०८२ #नेपालीकांग्रेस #गगनकुमारथापा #संवैधानिकनिर्वाचन #नेपाल
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

कांग्रेस विवाद मुद्दा हेर्दाहेर्दैमा
२०८३ बैशाख ३

रास्वपाको प्रमुख सचेतकमा बुर्लाकोटी चयन
२०८३ बैशाख ३

लेखा समिति सभापतिमा भरत खड्काको उम्मेदवारी
२०८३ बैशाख ३

रास्वपाद्वारा समिति सभापतिका उम्मेदवार तय
२०८३ बैशाख ३