Choto Khabar Logo

हर्क साम्पाङको सुनसरी–१ बाट मनोनयन

२०८२ माघ ६
हर्क साम्पाङको सुनसरी–१ बाट मनोनयन
मनोनयन दर्ता गरेपछि साम्पाङले अब संघीय सरकारको नेतृत्व गर्ने आफ्नो योजना सार्वजनिक गरेका छन्।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले सुनसरी–१ बाट मनोनयन दर्ता गरेका छन्। समर्थकहरूसहित निर्वाचन आयोगको कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन्। २०७९ को स्थानीय निर्वाचनमा धरानका मेयर निर्वाचित साम्पाङले मनोनयनपछि अब संघीय सरकारको नेतृत्व गर्ने दाबी गरेका छन्।

Tags:

#छोटोखबर #हर्कराजराई #साम्पाङ #सुनसरी१ #मनोनयनदर्ता #निर्वाचन #राजनीति

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू