इरानले अमेरिकामाथि युद्धविराम उल्लंघनको आरोप
२०८२ चैत्र २६

इरानले अमेरिकामाथि युद्धविरामका सर्त उल्लंघन गर्दै वार्ता निष्प्रभावी बनाएको आरोप लगाएको छ।
इरानले अमेरिकासँग भएको युद्धविराम सम्झौताका तीन सर्त उल्लंघन भएको आरोप लगाएको छ। सभामुख मोहम्मद बागेर गालिबाफले अमेरिका वाचा तोड्ने पुरानो प्रवृत्तिमा फर्किएको बताएका छन्। लेबननमा इजरायली आक्रमण जारी रहनु सर्त उल्लंघन भएको इरानको भनाइ छ। प्रस्ताव कार्यान्वयनअघि नै तोडिएकाले वार्ता अर्थहीन भएको उनले बताएका छन्।
Tags:
#छोटोखबर #इरान #अमेरिका #युद्धविराम #अन्तर्राष्ट्रियसमाचार #राजनीति #लेबनन
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्