रास्वपा महाधिवेशन नसकिँदा प्रतिनिधिसभा बैठक फेरि स्थगित
२०८३ असार १२

रास्वपा महाधिवेशन लम्बिएपछि प्रतिनिधिसभा बैठक तेस्रो पटक स्थगित भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन जारी रहेकाले प्रतिनिधिसभा बैठक तेस्रो पटक स्थगित गरिएको छ। सभामुख डोलप्रसाद अर्यालको निर्देशनमा आइतबार बिहान ११ बजेसम्मका लागि बैठक सारिएको संसद् सचिवालयले जनाएको छ। यसअघि बिहीबार र शुक्रबारका लागि बोलाइएका बैठक पनि सूचना टाँसेर स्थगित गरिएका थिए।
Tags:
#रास्वपा #प्रतिनिधिसभा #संसद् #महाधिवेशन #नेपालराजनीति #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


