वाल्मिकी विद्यापीठको नक्कली पत्र प्रयोग गरी ८ विदेशीलाई नक्कली भिसा
२०८३ जेठ २८

वाल्मिकी विद्यापीठको नक्कली कागजातका आधारमा ८ विदेशी नागरिकलाई अध्ययन भिसा जारी भएको खुलासा भएपछि अध्यागमनले अनुसन्धान सुरु गरेको छ।
वाल्मिकी विद्यापीठको नक्कली पत्र प्रयोग गरी आठ विदेशी नागरिकलाई अध्ययन भिसा जारी भएको पाइएको छ। ६ चिनियाँ, एक कोरियन र एक रसियन नागरिकलाई सो आधारमा भिसा दिइएको हो। थप दुईको भिसामा शंका लागेपछि कागजात जाँच गर्दा नक्कली भएको खुलेको छ। घटनामा संलग्न दुई जना पक्राउ परेका छन् र अनुसन्धान जारी छ।
Tags:
#छोटोखबर #नक्कलीभिसा #अध्यागमनविभाग #वाल्मिकीविद्यापीठ #विदेशीविद्यार्थी #किर्तेकागजात #नेपालसमाचार #अनुसन्धान #वीरगञ्ज
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


