आचारसंहिता उल्लंघनमा आयोगको कडाइ, सयौँ सामग्री हटाइयो
२०८२ फाल्गुण १३

निर्वाचन आयोगले प्राप्त उजुरीहरूको छानबिनपछि आचारसंहिता विपरीत रहेका केही सामग्री हटाउन तथा केही व्यवस्थापन गर्न सम्बन्धित निकायमा पत्राचार गरेको जनाएको छ।
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरीत प्रकाशित सामग्रीमाथि निगरानी तीव्र पारेको छ। सूचना सदाचार प्रवर्द्धन एकाइमा ६१२ उजुरी परेका छन्। नेपाल प्रहरीको साइबर ब्युरोमार्फत १२९ सामग्री हटाइएका छन् भने नेपाल दूरसञ्चार प्राधिकरणद्वारा १२ वेबसाइट ब्लक गरिएका छन्। प्रेस काउन्सिल नेपालमा परेका उजुरीमध्ये ३२ सामग्री हटाइँदा ९० जनासँग स्पष्टीकरण मागिएको छ।
Tags:
#छोटोखबर #निर्वाचन #आचारसंहिता #निर्वाचनआयोग #साइबरब्युरो #मिडियानियमन
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

कांग्रेस विवाद मुद्दा हेर्दाहेर्दैमा
२०८३ बैशाख ३

रास्वपाको प्रमुख सचेतकमा बुर्लाकोटी चयन
२०८३ बैशाख ३

लेखा समिति सभापतिमा भरत खड्काको उम्मेदवारी
२०८३ बैशाख ३

रास्वपाद्वारा समिति सभापतिका उम्मेदवार तय
२०८३ बैशाख ३