संविधान संशोधनका लागि नागरिक सुझाव संकलन सुरु
२०८३ जेठ ८

संविधान संशोधनका लागि कार्यदलले एक साताभित्र नागरिकबाट अनलाइन सुझाव माग गरेको छ।
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले नागरिकबाट सुझाव संकलन सुरु गरेको छ। असिम शाह नेतृत्वको कार्यदलले सार्वजनिक सूचना जारी गर्दै एक साताभित्र राय पठाउन आग्रह गरेको छ। सुझाव इमेल र ह्वाट्सएपमार्फत दिन सकिने व्यवस्था गरिएको छ। सबै नेपाली नागरिकको सहभागिता सुनिश्चित गर्ने उद्देश्यले यो प्रक्रिया अघि बढाइएको हो।
Tags:
#छोटोखबर #संविधानसंशोधन #नेपाल #नागरिकसुझाव #कार्यदल #सरकार #राजनीति
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


