पासपोर्ट छाप्ने फ्रेन्च कम्पनीले २९ करोड ५८ लाख कर नतिरेको खुलासा
२०८३ असार २४

महालेखाले पासपोर्ट छाप्ने फ्रेन्च कम्पनी आईडीईएमआर्ईएबाट २९ करोड ५८ लाख रुपैयाँ कर असुल गर्नुपर्ने औंल्याएको छ।
नेपालमा १६ वर्षदेखि पासपोर्ट छाप्दै आएको फ्रेन्च कम्पनी आईडीईएमआर्ईएले २९ करोड ५८ लाख रुपैयाँ कर नतिरेको महालेखापरीक्षकको प्रतिवेदनले देखाएको छ। कम्पनीले राहदानी विभागबाट ५ अर्ब ९१ करोड रुपैयाँभन्दा बढी भुक्तानी पाउँदा कानुनअनुसार लाग्ने ५ प्रतिशत कर नकटाइएको उल्लेख छ। आगामी असार २९ पछि जर्मन कम्पनीहरूले ई–पासपोर्ट छाप्ने जिम्मा लिनेछन्।
Tags:
#छोटोखबर #महालेखापरीक्षक #राहदानी #ईपासपोर्ट #कर #सरकार #परराष्ट्रमन्त्रालय #नेपालसमाचार
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

