रास्वपाको केन्द्रीय समिति बैठक आज, एकता अनुमोदन हुने
२०८२ पौष २०

त्रिपक्षीय सहमतिअनुसार रास्वपा सभापतिमा रवि लामिछाने नै रहनेछन्। प्रधानमन्त्रीको उम्मेदवार बालेन हुनेछन् भने कुलमान घिसिङ रास्वापाकाे वरिष्ठ उपसभापति बन्ने छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक आज दिउँसो १ बजे वनस्थलीस्थित कार्यालयमा बस्दैछ। बैठकमा पार्टी समायोजन, विस्तार र सुदृढीकरणका विषयमा छलफल हुनेछ। उज्यालो नेपाल पार्टी र बालेन शाहसँगको त्रिपक्षीय एकता तथा पुस १४ को सहमति अनुमोदन गर्ने एजेन्डा रहेको छ।
Tags:
#रास्वपा #केन्द्रीयसमिति #रविलामिछाने #बालेनशाह #राजनीति #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


