सुनकोशी मरिन डाइभर्सन आयोजना: निर्माण कम्पनीको रिट अस्वीकृत, बैंक ग्यारेन्टी जफत
२०८२ माघ २८

मङ्सिर १० मा सर्वोच्चको इजलासले ठेक्का तोड्ने र बैंक ग्यारेन्टी जफत नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गर्दै दुवै पक्षलाई छलफलमा बोलाएको थियो।
सर्वोच्च अदालतले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनामा निर्माण कम्पनीको रिटमा अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिने निर्णय गरेको छ। यसले ठेक्का सम्झौता रद्दपछि कम्पनीले राखेको ३ अर्ब ६० करोड रुपैयाँ बैंक ग्यारेन्टी जफत हुने बाटो खुलाएको छ। ठेक्का पाएको निर्माण कम्पनीले हालसम्म १०.२% मात्र कार्य सम्पन्न गरेको थियो।
Tags:
#छोटोखबर #सुनकोशीआयोजना #निर्माणठेक्का #बैंकग्यारेन्टी #अदालतनिर्णय
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

पूर्व आयुक्त तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा
२०८३ बैशाख ३