Choto Khabar Logo

टेरामक्स प्रकरणमा विशेष अदालतद्वारा प्राविधिक परीक्षणका लागि विज्ञ समूह गठन

२०८२ माघ १३
टेरामक्स प्रकरणमा विशेष अदालतद्वारा प्राविधिक परीक्षणका लागि विज्ञ समूह गठन
टेरामक्स खरिद प्रक्रियासँग सम्बन्धित सबै फाइल पेशीको दिन इजलासमा देखाएर फिर्ता ल्याउने उद्देश्यले दूरसञ्चार प्राधिकरणबाट झिक्न अदालतले आदेश दिएको छ।
टेरामक्स खरिद भ्रष्टाचार प्रकरणमा विशेष अदालतले प्राविधिक परीक्षणका लागि विज्ञ समूह गठन गरेको छ। खरिद सम्झौताअनुसार उपकरण जडान, गुणस्तर र मापदण्ड पालना भए–नभएको परीक्षण गरी प्रतिवेदन पेश गर्न आदेश दिइएको हो। परीक्षण अख्तियारका विज्ञ र आपूर्तिकर्ता प्रतिनिधिको उपस्थितिमा हुनेछ।

Tags:

#टेरामक्स #भ्रष्टाचारप्रकरण #विशेषअदालत #प्राविधिकपरीक्षण #दूरसञ्चारप्राधिकरण #अख्तियार #छोटोखबर

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू