भोटेकोशी बाढीबाट क्षतिबापत २५ अर्ब ८७ करोडको बीमा दाबी
२०८३ भाद्र १६

भोटेकोशी बाढीबाट भएको क्षतिबापत १५ निर्जीवन बीमा कम्पनीमा २५ अर्ब ८७ करोड रुपैयाँभन्दा बढीको दाबी परेको छ।
रसुवाको भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिबापत विभिन्न १५ निर्जीवन बीमा कम्पनीमा २५ अर्ब ८७ करोड ३५ लाख रुपैयाँ बराबरको बीमा दाबी परेको छ। सोमबारसम्म ५८३ बीमालेखको दाबी परेको हो। इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमामा मात्रै २० अर्ब ५० करोड ७७ लाख रुपैयाँको दाबी परेको छ। दि ओरियन्टल इन्स्योरेन्समा सबैभन्दा ठूलो दाबी परेको छ।
Tags:
#छोटोखबर #भोटेकोशीबाढी #बीमादाबी #बीमा #निर्जीवनबीमा #बाढीक्षति #बीमाप्राधिकरण #आर्थिकक्षति #विपद् #नेपाल
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्



