Choto Khabar Logo

प्रतिनिधिसभा बैठकअघि आज सर्वदलीय बैठक

२०८२ चैत्र १८
प्रतिनिधिसभा बैठकअघि आज सर्वदलीय बैठक
प्रतिनिधिसभाको पहिलो बैठकअघि तयारीका लागि सर्वदलीय बैठक बस्दैछ।
संसद् सचिवालयले आज चैत १८ गते दिउँसो १ बजे सर्वदलीय बैठक बोलाएको छ। संघीय संसद्को अधिवेशन आह्वान भएपछि बैठक तय गरिएको हो। भोलि चैत १९ गते प्रतिनिधिसभाको पहिलो बैठक बस्नेछ। सोही बैठकको तयारी र कार्यसूचीबारे छलफल गर्न दलहरू सहभागी हुनेछन्। सभामुख चयन नभएसम्म ज्येष्ठ सदस्यले बैठक सञ्चालन गर्नेछन्।

Tags:

#छोटोखबर #सर्वदलीयबैठक #संसद #प्रतिनिधिसभा #राजनीति #नेपाल

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू