प्रधानमन्त्री कार्कीः तोकिएकै मितिमा एकै चरणमा निर्वाचन हुन्छ
२०८२ माघ २२

प्रधानमन्त्री कार्कीले स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचन सम्पन्न गर्न निर्वाचन आयुक्तको भूमिका प्रशंसनीय रहेको बताइन्।
प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै मितिमा एकै चरणमा निर्वाचन हुनेमा ढुक्क हुन आग्रह गरेकी छन्। मतपत्र छपाइ अनुगमनपछि उनले मौसम अनुकूल रहने र सबै मतदाताले निर्वाध मतदान गर्न पाउने बताइन्। निर्वाचनपछि निर्वाचित प्रतिनिधि सभालाई सरकार हस्तान्तरण गरिने पनि उनले स्पष्ट पारिन्।
Tags:
#छोटोखबर #प्रधानमन्त्रीकार्की #निर्वाचन #एकैचरण #मतदान #नेपालीराजनीति #निर्वाचनआयोग
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


