Choto Khabar Logo

गौरीबहादुर कार्कीमाथि पनि जेनजी आन्दोलनमा संलग्नताको आशंकामा अनुसन्धान सिफारिस

२०८३ जेठ १३
गौरीबहादुर कार्कीमाथि पनि जेनजी आन्दोलनमा संलग्नताको आशंकामा अनुसन्धान सिफारिस
मानव अधिकार आयोगले गौरीबहादुर कार्कीमाथि पनि जेनजी आन्दोलनसँग सम्बन्धित गतिविधिबारे थप अनुसन्धान गर्न सिफारिस गरेको छ।
राष्ट्रिय मानव अधिकार आयोगले पूर्वन्यायाधीश तथा जेनजी आन्दोलन जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीमाथि थप अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको छ। आयोगका अनुसार कार्कीले आन्दोलन समर्थन गरेको, सामाजिक सञ्जालमा अभिव्यक्ति दिएको तथा प्रदर्शनमा सहभागिता हुन सक्ने आधार देखिएको छ। मानवीय र भौतिक क्षतिमा संलग्नता भए/नभएकोबारे निष्पक्ष अनुसन्धान गरी दोषी देखिए कारबाही गर्न आयोगले भनेको छ।

Tags:

#छोटोखबर #गौरीबहादुरकार्की #जेनजीआन्दोलन #मानवअधिकारआयोग #नेपालराजनीति #अनुसन्धान #सर्वोच्चअदालत #मानवअधिकार #कारबाही

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू