विष्णु पौडेलको रिहाइ माग्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट
२०८३ असार १०

विष्णु पौडेलको पक्राउ गैरकानुनी भएको दाबी गर्दै उनकी पत्नीले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी छन्।
पूर्वउपप्रधानमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेलको रिहाइ माग गर्दै उनकी पत्नीले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी छन्। रिटमा राजनीतिक प्रतिशोधका आधारमा बिनाप्रमाण पक्राउ गरिएको दाबी गर्दै थुनामुक्तिको माग गरिएको छ। सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानका लागि हिरासतमा रहेका पौडेलको सात दिनको म्याद थप भइसकेको छ। रिटमाथि बिहीबार सुनुवाइ हुने तय भएको छ।
Tags:
#विष्णुपौडेल #एमाले #सर्वोच्चअदालत #बन्दीप्रत्यक्षीकरण #सम्पत्तिशुद्धीकरण #नेपालराजनीति #अदालत #छोटोखबर**
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


