नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक उद्घाटन
२०८३ श्रावण ११

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग उद्घाटनसँगै तीन महिनाको परीक्षण सञ्चालन सुरु भएको छ।
नेपालको पहिलो आधुनिक नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ। परीक्षण अवधिमा एम्बुलेन्स, दमकल, सुरक्षा निकाय र अत्यावश्यक सेवाका सवारीसाधनलाई मात्र सञ्चालन गर्न दिइनेछ। तीन महिनापछि अन्य सवारीलाई चरणबद्ध रूपमा प्रवेश दिइनेछ। करिब २५ अर्ब रुपैयाँ लागतमा बनेको सुरुङमार्गले काठमाडौं–धादिङ यात्राको समय उल्लेख्य रूपमा घटाउने अपेक्षा गरिएको छ।
Tags:
#छोटोखबर #नागढुङ्गासुरुङमार्ग #पूर्वाधार #सडकयातायात #नेपालसरकार #जाइका #विकास #नेपालसमाचार
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


