काठमाडौं उपत्यका बर्डफ्लुको ‘हटस्पट’, संक्रमण तीव्र रूपमा फैलिँदै
२०८३ असार ८

बर्डफ्लु संक्रमण काठमाडौं उपत्यकामा तीव्र रूपमा फैलिँदै गएको भन्दै स्वास्थ्य तथा पशु अधिकारीहरूले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।
झापाबाट सुरु भएको बर्डफ्लु संक्रमण चितवन हुँदै काठमाडौं उपत्यकामा तीव्र रूपमा फैलिएको छ। काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेमा संक्रमण बढ्दो क्रममा रहेको पशु सेवा विभागले जनाएको छ। प्रभावकारी खोप वा उपचार नभएकाले संक्रमित पन्छी नष्ट गरिँदै आएको छ। चिकित्सकहरूले मानिसमा पनि संक्रमणको जोखिम रहेकाले विशेष सतर्कता अपनाउन आग्रह गरेका छन्।
Tags:
#छोटोखबर #बर्डफ्लु #काठमाडौं #ललितपुर #भक्तपुर #पशुसेवाविभाग #स्वास्थ्य #संक्रमण #सतर्कता #नेपाल
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

