सरकारलाई जवाफदेही बनाउन निलम्बन हुन पनि तयार छौँ : हर्क साम्पाङ
२०८३ जेठ ६

हर्क साम्पाङले सरकारलाई संसद्प्रति जवाफदेही बनाउन संघर्ष जारी राख्ने बताएका छन् ।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारलाई संसद्प्रति जवाफदेही बनाउन आफ्नो विरोध जारी रहने बताएका छन् । संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले विरोधका कारण निलम्बित हुन पनि तयार रहेको बताए । सभामुखले प्रश्न गर्न नदिएको आरोप लगाउँदै उनले सुकुम्वासी, लिपुलेक र विदेशी ऋणजस्ता विषयमा सरकारले स्पष्ट जवाफ नदिएको टिप्पणी गरे ।
Tags:
#हर्कसाम्पाङ #श्रमसंस्कृतिपार्टी #संसद् #नेपालराजनीति #सरकार #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


