मनसुनजन्य विपद् व्यवस्थापनको तयारी पूरा, आवश्यक परे हेलिकोप्टर परिचालन गरिने
२०८३ असार ४
सरकारले मनसुनजन्य विपद् व्यवस्थापनका लागि सबै तयारी पूरा गर्दै जोखिम क्षेत्रमा सुरक्षा निकाय परिचालन गरिसकेको जनाएको छ।
सरकारले मनसुन प्रतिकार्य तथा विपद् व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। गृहमन्त्री सुधन गुरुङले जोखिमयुक्त क्षेत्रमा सुरक्षा निकाय परिचालन गरिसकिएको र आवश्यक परे हेलिकोप्टरसमेत प्रयोग गरिने बताए। प्राधिकरणका अनुसार यस वर्ष मनसुनजन्य विपद्बाट करिब ५१ हजार ८६८ घरधुरीका दुई लाख २६ हजार ६६१ जना प्रभावित हुन सक्ने अनुमान गरिएको छ।
Tags:
#छोटोखबर #मनसुन #विपद्व्यवस्थापन #गृहमन्त्री #सुधनगुरुङ #प्राकृतिकविपद् #सुरक्षानिकाय #मनसुनपूर्वतयारी #नेपाल #जनसुरक्षा
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
