विदेशमा रहेका नेपालीलाई मतदान अधिकारबारे अध्ययन गर्ने सरकारको तयारी
२०८३ जेठ १७

सरकारले विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने सम्भावनाबारे अध्ययन गर्ने भएको छ।
प्रधानमन्त्री बालेन्द्र शाहले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार दिने विषयमा सरकारले अध्ययन गर्ने बताएका छन्। प्रतिनिधिसभामा सांसद महावीर पुनको प्रश्नको जवाफ दिँदै उनले विभिन्न देशमा दूतावास वा मोबाइलमार्फत मतदान गर्ने अभ्यास रहेको उल्लेख गरे। नेपालमा पनि कुन प्रणाली उपयुक्त हुन्छ भन्ने विषयमा अध्ययन गरेर आवश्यक निर्णय लिइने उनले बताए।
Tags:
#छोटोखबर #बालेन्द्रशाह #मताधिकार #प्रवासीनेपाली #विदेशीमतदान #प्रतिनिधिसभा #महावीरपुन #लोकतन्त्र #निर्वाचन #नेपालसरकार
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


