नयाँ संसद् हलबाट बजेट प्रस्तुत नहुने
२०८३ जेठ १४

प्राविधिक तयारी अधुरो रहेकाले आगामी बजेट पुरानै कामचलाउ संसद् हलबाट प्रस्तुत गरिने भएको छ।
प्राविधिक काम पूरा नभएकाले भोलि संघीय संसद्को संयुक्त सदनमा पेस हुने आर्थिक वर्षको बजेट नयाँ संसद् भवनबाट प्रस्तुत नहुने भएको छ। संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार नयाँ हल प्रयोग गर्न चुनौतीपूर्ण देखिएपछि बजेट हाल प्रतिनिधिसभा बैठक चलिरहेको कामचलाउ हलबाटै वाचन गरिनेछ। पुतली बगैंचास्थित नयाँ संसद् भवन समयमै निर्माण सम्पन्न हुन सकेको छैन।
Tags:
#छोटोखबर #संघीयसंसद् #बजेट२०८३ #संसद्भवन #नेपालसमाचार #अर्थमन्त्रालय #राजनीति
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


