मेलम्चीको पानी आपूर्ति अस्थायी रूपमा बन्द
२०८३ असार १९

मेलम्चीको मुहानमा बाढी र धमिलो पानीका कारण काठमाडौं उपत्यकामा खानेपानी आपूर्ति अस्थायी रूपमा रोकिएको छ।
मेलम्ची खानेपानी आयोजनाको मुहानमा बाढी पसेर पानी अत्यधिक धमिलो भएपछि काठमाडौं उपत्यकामा आजदेखि खानेपानी आपूर्ति अस्थायी रूपमा रोकिएको छ। काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का अनुसार पानीको गुणस्तर सुधार भएपछि सुन्दरीजल प्रशोधन केन्द्रमार्फत पुनः प्रशोधन गरी पूर्वनिर्धारित तालिकाअनुसार वितरण सुरु गरिनेछ। निरन्तर वर्षा जारी रहे आपूर्ति पुनः सञ्चालन हुन केही समय लाग्न सक्ने जनाइएको छ।
Tags:
#मेलम्ची #खानेपानी #काठमाडौं #उपत्यका #केयुकेएल #बाढी #मनसुन #पानीआपूर्ति #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

